१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन्।

पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीको सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका हुन्।

साथै बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी पङ्क्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका थिए। बैठकमा राजनीतिक प्रतिवेदनका अतिरिक्त सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिका पनि छलफलका लागि प्रस्तुत गरिएको थियो।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन र मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिकामाथि छलफल गरी सुझाव प्रस्तुत गर्न केन्द्रीय सदस्यहरूलाई नौ वटा समूहमा विभाजन गरिएको तथा समूह छलफल जारी रहेको पार्टीका महासचिव डा.बेदुराम भुसालले बताए। समूह छलफलका निष्कर्षहरू बिहीबारको बैठकमा प्रस्तुत गरिने जानकारी पनि उनले दिए। रासस

प्रकाशित: २५ फाल्गुन २०७८ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App