६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए।  बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ।  

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। पोलिटब्युरो सदस्यको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ।

सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । २३ फागुनको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।

प्रकाशित: २५ फाल्गुन २०७८ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App