२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमसीसीको व्यख्यात्मक घोषणा न्यानो थाङ्ना मात्रै: नेता खनाल

पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीको व्याख्यात्मक घोषणा नेताहरूका लागि न्यानो थाङ्ना मात्रै भएको टिप्प्णी गरेका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले एमसीसीको व्याख्यात्मक घोषणा नेताहरूका लागि न्यानो थाङ्नामात्रै भएको टिप्पणी गरेका हुन्।  

खनालले संसदको विधि विधान विपरित हतारमा एमसीसी पास गरिएको भन्दै कार्यान्वयनमा समस्या हुने बताए। उनले भने‘संसदको विधि विधान विपरित सत्ता टिकाउनकै लागि एमसीसी पारित गरिएकाले कार्यान्वयन चूनौतिपूर्ण हुनेछ।’ एमसीसी  संसदबाट पारित गरिएपनि आफूहरू विपक्षमा उभिने उनले स्पष्ट पारे। एमसीसीले नेपाली समाज विभाजित भइसकेकाले यसले नेपालमा दूरगामी प्रभाव पार्ने खनालले बताए। 

यसैबीच विराटनगरमा आयोजित एक कार्यक्रममा खनालले रुस र युक्रेनबीचको युद्धमा नेपालले हतारमा प्रतिक्रिया दिएको टिप्पणी गरे। दुई छिमेकी भारत र चीन तटस्थ बस्दा नेपालले हतारमा बोलेको उनको भनाइ छ। नेपालले असंलग्न पराराष्ट्र नीति लिएकाले अन्य देश वीचको मामिलामा हतारमा बोल्न नहुने उनको धारणा छ। ‘छिमेकीलाई नचिढ्याइ सन्तुलित रुपमा नेपाल अघि बढ्नुपर्छ’ खनालले भने। खनालले बदलिएको परस्थितिमा नेपाल सन्तुलित रुपमा प्रस्तुत हुनुपर्ने बताए।

प्रकाशित: १८ फाल्गुन २०७८ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App