१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदबाट एमसीसी सम्झौता अनुमोदन

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको हो।

लामो समयको रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट बहुमतले अनुमोदन भएको  हाे। एमसीसीको विपक्षमा नेकपा (एमाले)का भीम रावल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले मात्रै मतदान गरेका थिए।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो।

लामो बहस र विवादपछि उक्त सम्झौता आज पारित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: १५ फाल्गुन २०७८ १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App