coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश नं १ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ प्रस्ताव: जसपा

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

पछिल्लो समय प्रदेश १ को नामांकनको विषयले चर्चा पाइरहेको वेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किराँत–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो।

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३–२४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश १ को नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश १ लाई ‘किराँत–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामकरण गर्नुपर्दछ।’ पूर्ण सघीय नेपाल निर्माणका लागि जसपाले निरन्तर सडक र सदनबाट दबाब दिने कार्य गरेको र आफ्नो सरकार रहेको मधेस प्रदेशमा कार्यान्वयनसमेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ।

हाल प्रदेशको नामकरणबारे भइरहेको बहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख छ। आज नै प्रदेश नं १ सरकारले प्रदेशको नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। मुख्यमन्त्रीको कार्यालय विराटनगरमा डाकिएको सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, संसदीय दलका नेताहरु सहभागी हुँदैछन्। रासस

प्रकाशित: १० फाल्गुन २०७८ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App