४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति सदस्यका लागि लमजुङमा १४ फागुनमा मतदान हुने

नेपाली कांग्रेस लमजुङले केन्द्रीय महासमिति सदस्य पदका लागि १४ फागुनमा निर्वाचनको मिति तय गरेको छ। यसअघि मंसिर पहिलो साता निर्वाचन सकेको कांग्रेसले ३ महिनापछि महासमिति सदस्य पदका लागि निर्वाचन गर्न लागेको हो।

जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नुपर्नेमा निर्वाचनका कारण पार्टीका प्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सवैमा थकान भएपछि पछि सारिएको कांग्रेसले बताएको थियो।

कांग्रेस नेता कार्यकर्ता गुट-उपगुटमा लागेपछि त्यतिबेला महासमिति सदस्य पदको निर्वाचन गर्न कांग्रेसलाई गाह्रो परेको थियो। अहिले प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सकिएपछि जिल्लामा महासमितिकिो निर्वाचन गर्न कांग्रेस तत्पर देखिएको हो।

कांग्रेसको महासमिति सदस्य निर्वाचन कार्यातालिका अनुसार मतदाता नामावली शुक्रबार प्रकाशन भएको थियाे। आज दिउँसो १ बजेसम्म उमेदवारको मनोनयन फिर्ताको समय राखिएको छ। उमेदवारको अन्तिम नामावली प्रकाशन आजै हुनेछ।

मतदान कार्य १४ फागुन बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म हुने छ। मतदान सकिएपछि मतगणना हुनेछ। मतगणना सकिएपछि नतिजा प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। निर्वाचन कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालय, लमजुङमा हुने छ।

केन्द्रीय महासमिति सदस्य पदका उमेदवारले मनोनयनका लागि १४ हजार रुपियाँ बुझाउनुपर्ने छ । कांग्रेसको विधानको धारा ११ को उपधारा ३ (क) बमोजिम केन्द्रीय महासमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन ११ पदमा हुने छ। महिला सदस्य (प्रत्यक्ष) २ जना, खुला सदस्य (प्रत्यक्ष) ५ जना, महिला, दलित, आदीवाशी जनजाती, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट ४ जना निर्वाचित हुने कांग्रेसले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७८ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App