२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

निजगढ विमानस्थल चाँडै निर्माण हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै निर्माण हुने बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आज आयोजना गरेको कार्यक्रममा उनले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीमा लैजाने योजना रहेको तर निजगढमै बनाउन आफूले पहल गरेको बताए।

यसैगरी अध्यक्ष नेपालले निजगढमा विमानस्थल निर्माण गरिए सबै क्षेत्रका नागरिकलाई सहज हुने भएकाले यो परियोजना चाँडो सुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

एक छुट्टै प्रसङ्गमा अध्यक्ष नेपालले अहिले सरकारमा समावेश भएका आफ्ना पार्टीका मन्त्रीहरुको बद्नाम गराउन विभिन्न तत्वहरु लागि परेकाले त्यस्ता तत्वबाट बच्न मन्त्रीहरुले पनि आफ्ना बोली तथा भाषामा सावधानी अपनाउन आग्रह गरे।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि निर्माण गर्नुपर्नेमा जोड दिए। उनले भने, 'निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरा वषौँ पहिलेदेखि चल्दै आएको हो, तर काम सुरु नभएकाले अब यो सरकारले चाँडै काम सुरु गर्नुपर्छ।'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सो विमानस्थलको काम चाँडै सुरु हुने बताए। उनले भने, 'निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाँडै सुरु गर्नेछौँ।' -रासस

प्रकाशित: ४ फाल्गुन २०७८ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App