१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

महाअभियोग लागेको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन्। पत्र बुझेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन्।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रश्ताव तथा नेपाली काँग्रेसका सांसद मिनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९८ जना सांसदहरुको समर्थनमा महाअभियोग प्रश्ताव दर्ता भएको छ। त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो।

प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए। महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन्।

प्रकाशित: १ फाल्गुन २०७८ ०८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App