४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक अभ्यासबाट नभाग्न कांग्रेसलाई आग्रह

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राज रानाले लोकतान्त्रिक अभ्यासबाट नभाग्न  नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। कोशी प्रदेशसभा बैठकमा  सोमबार  विनियोजन विधेयक २०८१ का सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रानाले लोकतान्त्रिक अभ्यासबाट नभाग्न कांग्रेसलाई आग्रह गरेका हुन्।

रानाले बजेटको प्राथमिकता र सिद्धान्तका विषयमा प्रदेशसभामा छलफल भइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अनुपस्थित भएपछि बजेटको प्राथमिकतालाई थप सुदृढीकरण गर्न नसकिएको रानाले बताए।

‘छलफलमा प्रमुख प्रतिपक्षी दल पनि सहभागी भएको भए बजेटको प्राथमिकतालाई थप सुदृढ गर्न सकिने थियो’ मन्त्री रानाले भने ‘ लोकतन्त्रमा सरकार बन्ने र ढल्ने सामान्य प्रक्रिया भएकाले लोकतान्त्रिक अभ्यासबाट नभाग्न कांग्रेसलाई आग्रह गर्दछु।’

मन्त्री रानाले प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहभागी नभए पनि कांग्रेसलाई समेत अपनत्व हुने गरी बजेट ल्याउने दाबी समेत गरे। कोशी प्रदेशसभामा जेठ १३ गते देखि विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तका विषयमा छलफल  सुरू भएको थियो।

तर, नेपाली कांग्रेसले असंवैधानिक प्रक्रियाबाट सरकार गठन भएकाले कोशी प्रदेशको अहिलेको सरकार नै अवैध रहेको दाबी गर्दै आएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै अदालतमा रिट दायर गरेका छन्। कांग्रेसले सर्वोच्चले फैसला नगरेसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने अडान राख्नै कोशी प्रदेशसभाको बैठक बहिस्कार गर्दै आएको छ। 

प्रकाशित: १४ जेष्ठ २०८१ १८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App