१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आजदेखि अदालतमा सबै मुद्दा हेरिने

सर्वोच्च अदालतले कोरोना संक्रमणको कारण सेवा संकुचनको अवधि सकेर आज (आइतबार) देखि सबै खालका मुद्दा हेर्ने भएको छ।

कोरोना भाइरसको नयाँ भेरियन्टका कारण उत्पन्न विषम परिस्थितिका कारण रोकिएको सेवा फागुन १ देखि नियमित सुचारु हुने अदालतको पूर्ण बैठकले निर्णय गरेको हो। कोरोनाका कारण कामकारबाही संकुचन गरी सेवा प्रवाह हुँदै आएको थियो।

सर्वोच्च प्रशासनका अनुसार माघ २८ सम्म दिनदिनै हुँदै आएको सेवा खुम्च्याउने निर्णय गरिएको थियो । संक्रमणका कारण अदालतमा सबै जनशक्ति उपस्थित हुन नसकेको भन्दै बन्दी प्रत्यक्षीकरण लगायत मुद्दामा नियमित सुनुवाइ गर्ने निर्णय गरेको थियो।

कोरोना संक्रमण घटेसँगै अदालत नियमित सेवामा फर्केको हो। सर्वोच्च अदालतमा गत पुस महिनादेखि गोला प्रक्रियाद्वारा दैनिक मुद्दाको पेसी तोकिँदै आएको छ।

प्रकाशित: १ फाल्गुन २०७८ ००:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App