२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

विषयगत समितिमा सत्तापक्ष हाबी

प्रदेशसभाको रिक्त दुई पदका लागि मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एस)ले बहुमत हासिल गरेका छन्। सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका सांसद नरेश कुमार यादव र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा नेकपा (एस)का सांसद मदनसेन श्रीवास्तव निर्वाचित भएका छन्।

यससँगै मधेस प्रदेशसभामा ७ वठा विषयगत समितिमा ६ वटा सभापति सत्ता गठबन्धन दलकै छन्। प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा सत्ता गठबन्धन दल माओवादी केन्द्रका सांसद जगतप्रसाद यादव सोमबार र्निविरोध चयन भएका थिए।

रिक्त दुई पदका लागि लोसपा र एमालेले गठबन्धन बनाएर सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति पदमा मनोनयन दर्ता गराएका थिए। मंगलबार भएको निर्वाचनले उक्त प्रस्ताव खारेज भयो। बहुमतले पहिलो प्रस्ताव अर्थात् सत्ता गठबन्धनको प्रस्ताव पास भएपछि अन्य प्रस्ताव स्वतः खारेज भएको हो।

सार्वजनिक लेखा समिति लोसपाबाट प्रह्लाद गिरीले मनोनयन दर्ता गराएका थिए। उनको प्रस्ताव समितिमा खारेज भएपछि लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले सत्तापक्षले समितिमा पनि अंशवण्डा गरेको टिप्पणी गरेका छन्।

मधेस प्रदेश सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) नेपालले तीनवटा विषयगत समितिको नेतृत्व सम्हाल्दै आएका छन्। प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी (लोसपा) ले महिला, बालबालिका समितिको नेतृत्व सम्हाल्दै आएका छन्। जसपाले अर्थ तथा योजना समिति, विकास समिति र प्रदेश मामिला समितिको नेतृत्व सम्हाल्दै आएका छन्।

प्रकाशित: २६ माघ २०७८ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App