२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङ अध्यक्षमा थेबे

नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा भूपेन्द्र थेबे निर्वाचित भएका छन्। एमाले जिल्ला सहसंयोजक रहेका थेबे संयोजक तथा प्रदेश सांसद बलबहादुर साम्सोहाङलाइ ५६ मतान्तरले पराजित गर्दै बिजयी भए। उपाध्यक्षमा थेबे समूहका सन्तोष खतिवडा साम्सोहाङ समूहका मात्रिकाप्रसाद भट्टराईलाइ ८५ मतान्तरले पराजित गर्दै बिजयी भए। 

खतिवडाले ३ सय ३१ र भट्टराईले २ सय ४६ मत ल्याए। सचिवमा साम्सोहाङ समूहका केशरकुमार मेन्याङ्वो थेबे समूहका मंगलसिंह केदेमलाइ १६ मतान्तरले हराएर बिजयी भए। मेन्याङ्वोले २ सय ९६ र केदमेले २ सय ८० मत ल्याए। २ उपसचिवमा थेबे समूहका दीपेन्द्र पोमू९दीपेन र साम्सोहाङ समूहका मणिशंकर पोमू बिजयी भए। उनीहरुले क्रमशः३ सय ८३ र २ सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत देवराज मेन्याङ्वोले बताए। 

थेबे समूहका लिलाचक्र गुरुङले २ सय ५८ र साम्सोहाङ समूहका सन्तोष चोङ्वाङले १ सय ८३ मत ल्याए। खुल्ला १३ सदस्यमा थेबे पक्षका १० जना,साम्सोहाङ पक्षका २ जना र दुबै समूहमा रहेका १ जना बिजयी भए। थेबे समूहका कुमार मादेन,अम्बिका नुगो लिम्बू,निमातेञ्जी शेर्पा,प्रकाश इवारम,पदम सुनुवार,शरदराज निरौला,लेखनाथ भट्टराई,हर्कराज पालुङ्वा,नन्दलाल गौतम र कुलमणि दाहाल बिजयी भए। 

साम्सोहाङ समूहबाट तारानाथ घिमिरे र सन्तोष प्रसाँइ तथा दुबै समूहमा रहेका दीपक अधिकारी बिजयी भए। ६ खुल्ला महिला सदस्यमा थेबे समूहका भीमादेवी ओझा,निर्मला इजम,कोपिला नेपाली,टीकादेवी दाहाल र पार्वता यक्सो तथा साम्सोहाङ समूहका शान्ता आङ्बुहाङ बिजयी भए। ३ दलित कोटाबाट थेबे समूहका खगेन्द्र नेपाली,सन्तोष तोलाङ र मनकुमार नेपाली बिजयी भए। 

प्रत्येक वडाबाट भूगोल अन्र्तगत जिल्ला कमिटीमा जाने सदस्यहरुका लागि  निर्वाचन भएको फुङ्लिङ नगरपालिका वडा नं ३ बाट टंक पालुङ्वा र आठराइ त्रिबेणी गाउँपालिका वडा नं १ बाट खगेन्द्रकुमार पोमू निर्वाचित भए। उनीहरु दुबै थेबे समूहका हुन्। यसअघि ५९ वटा वडाबाट ३३ प्रतिशत महिला सहित १–१ जनाको दरले आउने जिल्ला कमिटी सदस्य निर्वीरोध भइसकेका छन्।  

बिजेता र निकट प्रतिद्वन्दीको छोटो संवाद  

अध्यक्षमा पराजित साम्सोहाङ र बिजेता थेबे बीच धेरै कार्यकर्ताको मन छुने छोटो संवाद भएको छ। अध्यक्षमा बिजयी थेबेले साम्सोहाङलाइ भने‘तपाँइ बिना पार्टी सञ्चालन असहज नै हुने छ’। साम्सोहाले थेवेलाइ बधाइ दिदैं भने‘रचनात्मक काम गरौं,पार्टीमा मेरो साथ र सहयोग सधैं रहन्छ,म तपाँइकै साथमा छु।'

प्रकाशित: २७ पुस २०७८ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App