५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

दोलखा एमालेमा श्रेष्ठ निर्वाचित

दोलखा एमालेको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। सोमबार साँझ सकिएको मतगणनामा श्रेष्ठले प्रतिद्वन्दी भरत दुलाललाई २ सय २५ मतको अन्तरले हराउदै जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका हुन्। आइतबार भएको मतदानमा ८ सय ७ मत खसेको थियो।

उपाध्यक्षमा राजेन्द्र मानन्धर निर्वाचित भएका छन्। मानन्धरले प्रतिद्वन्द्वी प्रेमकुमारी चौलागाईलाई ९ मतको अन्तरले हराए। उपाध्यक्षमा ४ जना प्रत्यासी थिए। सचिव पदमा हिरा थोकर विजयी भएका छन्। थोकरले होम पाठकलाई २ सय २६ मतको अन्तरले पराजित गरेर विजयी भएका हुन्।

दुई सिटको उपसचिव पद मध्ये एउटा सिटमा धर्मेन्द्र मोक्तानले जिते भने अर्को सिटमा कमला बस्नेत र सुन्दर कार्कीको बराबरी मत आएको छ।

९० सदस्यीय जिल्ला कमिटी मध्ये अधिकांशमा चुनाव भएको थियाे। भुगोल तर्फका गौरीशंकर गाउँपालिकाको महिला, जिरी, विगु, शैलुङ, भीमेश्वर, कालिञ्चोक गाउँ पालिकाका महिला सदस्य र भुगोलकै गौरीशंकर, जिरी, विगु, मेलुङ, मजदुर, कालिञ्चोक पालिकाका खुला सदस्य निर्विरोध भएको निर्वाचन समितिका संयोजक शंकरलाल श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २७ पुस २०७८ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App