सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागिपरेको आरोप लगाएका छन्।
सांसद मोदीले विभिन्न समाचार माध्यममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेता समेत रहेका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेको बताएका हुन्। आइतबार सिंहदरवारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले माओवादीबाट मन्त्री बनेका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो? भनि गभर्नर अधिकारीसँग प्रश्न गरे।
सांसद मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरे।
प्रकाशित: २५ पुस २०७८ १२:०१ आइतबार