coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले अधिवेशनः बागमतीका दुई जिल्ला अध्यक्ष सर्वसम्मत

एमाले धादिङको अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी र काभ्रेपलान्चोक जिल्ला अध्यक्षमा निर्वाचित अशोक ब्यान्जु।

नेपाल कम्युनिष्ट पार्टी एमालेको शनिबार भएको जिल्ला अधिवेशन अन्तर्गत बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष सर्वसम्मत भएका छन्। धादिङ र काभ्रेपलान्चोक जिल्लाको अध्यक्ष सर्वसम्मत भएका छन्। धादिङको अध्यक्षमा भूमि त्रिपाठी र काभ्रेपलान्चोक जिल्लाको अध्यक्षमा अशोक कुमार ब्यान्जु सर्वसम्मत निर्वाचित भएका हुन्। मतदानका लागि शनिबार भएको मनोनयनमा धादिङ अध्यक्ष पदका लागि त्रिपाठीको मात्रै उम्मेदवारी परेको हो। संघीय सांसद समेत रहेका त्रिपाठी निवर्तमान अध्यक्ष पनि हुन्।  

एमाले धादिङको अन्य पदहरुमा भने निर्वाचन हुने बताइएको छ। उपाध्यक्षमा गंगादेबी श्रेष्ठ, धनबहादुर घले र उमेशकुमार थापा, सचिवमा अर्जुन कुमार श्रेष्ठ र हरिराम बुर्लाकोटीले उम्मेदवारी दिएका छन्। उपसचिवमा भने १२ जनाको उम्मेवारी परेको एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिईन्। १३ हजार एक सय १७ संगठित सदस्य मध्ये एमाले धादिङको ८ औँ जिल्ला अधिवेशनमा सात सय २३ जना मतदाता छन्।  

काभ्रेपलान्चोक जिल्लाको अध्यक्ष सहित उपसचिव रीता ढकाल, मजदुर क्षेत्रतर्फका मोहन गजुरेल, विदुर खत्री र शान्ति कार्की गरी तीन जना, त्यस्तै माओवादी केन्द्र र राप्रपाबाट एमालेमा समाहित भएका २५ जना निर्विरोध निर्वाचित भएका छन्। अन्य पदहरुमा भने निर्वाचन हुने बताइएको छ। एमाले काभ्रेपलान्चोक जिल्लामा २२ हजार संगठित सदस्यहरु मध्ये एक हजार चार सय पाँच जना मतदाता रहेका छन्।  

एमाले सिन्धुलीको जिल्ला अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन्। एमालेको ७ औँ सिन्धुली जिल्ला अधिवेशनमा प्रदिप कटुवाल र रामकुमार कार्कीले उम्मेदवारी दिएका हुन्। उपाध्यक्षमा विनोद कुमार खड्का, जगदीश्वर तोलाङगी र कर्णबहादुर घिसिङ सहित ३ जना, उपसचिव पदको लागि खड्का रजन, रन्जु देवकोटा, नवराज थिङ र रस्मीला देवकोटासहित ४ जनाले उम्मेदवारी दिएका छन्। सचिव पदको लागि नारायण बराललको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएका छन्। जम्मा १ सय ५ जना जिल्ला कार्यसमितिको लागि हुन लागेको अधिवेशनमा १ सय ६८ जनाले उम्मेदवारी दिएको एमाले सिन्धुलीले जानकारी दिएको छ।  

मकवानपुर जिल्ला अध्यक्षमा बद्रीप्रसाद लम्साल र एकालाल श्रेष्ठले उम्मेदवारी दिएका छन्। केही पदहरुमा निर्विरोध भएका छन्। सर्वसम्मतिका लागि प्रयास भइरहेको एमाले मकवानपुरले जानकारी दिएको छ। सर्वसम्मत नभए आइतबार मतदान हुने बताइएको छ। रसुवा जिल्ला अध्यक्षमा अशोक घिरेल र कर्नेल तामाङको उम्मेदवारी परेको छ। सर्वसम्मतिका लागि प्रयास भइरहेको बताइएको छ।

रामेछाप जिल्ला अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन्। वर्तमान उपाध्यक्ष प्रेमबहादुर तामाङ, आनन्द कुमार श्रेष्ठ र झंक कंडेलले उम्मेदवारी दिएका छन्। अन्य पदहरुमा पनि उम्मेदवारी दिनेहरुको संख्या बढी रहेको छ। १२ हजार ६ सय ६२ संगठित सदस्य रहेको रामेछाप जिल्लामा आठ सय १४ जना मतदाता रहेको एमाले रामेछापले जनाएको छ।  

दोलखा जिल्ला अध्यक्षमा नरबहादुर श्रेष्ठ र भरतप्रसाद दुलालले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा ५ जना, सचिवमा २ जना, उपसचिवमा १३ जनाले उम्मेदवारी दिएका छन्। सदस्यहरुमा उम्मेदवारी दिनेहरुको संख्या पनि बढी रहेको छ। १५ हजार संगठित सदस्य रहेको दोलखा जिल्लामा ७ सय जनाले मतदान गर्न पाउनेछन्। नुवाकोट र सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा सर्वसम्मतिको प्रयास गरिएको छ। आइतबार बिहानसम्म टुंगो लाग्ने बताइएको छ।  

यता चितवन जिल्लाको १० औं जिल्ला अधिवेशन पुस २६ गतेसम्मका लागि स्थगित भएको छ। सहमतिको प्रयासका लागि भन्दै अधिवेशनको बन्दसत्रलाई स्थगित गर्दै २६ गते बिहानबाट पुनः सुरु गर्ने निर्णय गरिएको एमाले चितवनले जनाएको छ। चितवन जिल्ला अध्यक्ष बन्नका लागि एमाले नेताहरु रामप्रसाद न्यौपाने, कमल पाठक, तेजेन्द्र खड्का र कृष्ण भुर्तेलले आकांक्षा देखाएका छन्।

अधिवेशनले प्रत्येक जिलमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ।

प्रकाशित: २४ पुस २०७८ १५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App