७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुशासनयुक्त देश र सामाजिक न्यायको आवश्यकताः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा वर्तमान अवस्थामा सुशासनयुक्त विकास र सामाजिक न्यायको आवश्यकता भएको बताएका छन्। उनले नेकपा (एमाले) काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै सरकारले राज्यका प्रमुख तीन अङ्गलाई कमजोर पारिरहेको बताए।

'देशमा सुशासनयुक्त विकास र सामाजिक न्यायको आवश्यकता भइसक्यो, सरकारले कमजोर पारेको महत्वपूर्ण तीन प्रमुख अङ्गलाई पुनः जनादेशमार्फत एमालेले फर्काउनुपर्छ', उनले भने।

अध्यक्ष ओलीले राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका थिए। एमाले पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले जिल्ला अधिवेशनमा नयाँ नेतृत्व मात्रै नभई आगामी पाँच वर्षका लागि थप विकासको खाका कोर्ने बताउए।

एमाले केन्द्रीय सदस्यद्वय रेशम लामा र नविना लामा, बागमती प्रदेशका नेता रामहरि सुवेदी, भीम न्यौपाने, चूडामणि गौतम र चन्द्र लामा तथा जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, जिल्ला नेता रिता ढकाललगायतले शुभकामना मन्तव्य गरेका थिए।

प्रकाशित: २३ पुस २०७८ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App