१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालको हितविपरीत देखिएका प्रावधान हटाएर एमसिसी पास गर्न सकिनेः नेता सुब्बा

नेकपा (एमाले) स्थायी समिति सदस्य विजय सुब्बाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मा नेपालको हितविपरीत देखिएका प्रवधान हटाएर पास गर्न सकिने बताएका छन्। कम्युनिष्ट आन्दोलनका योद्धा मकरध्वज गुरुङको प्रथम वार्षिक स्मृतिसभामा उनले जहाँबाट जुनसुकै स्रोतबाट आए पनि तोकिएको अवधिभित्र लगानी गर्नेलाई छुट दिनेगरी बनाइएको नीति एमसिसीभन्दा कैयौँगुणा खतरनाक भएको जिकिर गरे।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला समितिद्वारा आयोजित उक्त कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले एमसिसी नेपालको हितविपरीत भएकाले सच्याएर कार्यान्वयनमा ल्याउन सकिने अवस्था नरहेको बताए।

तेह्रथुमको आम्बुङमा २००७ भदौमा जन्मेका गुरुङले त्यस क्षेत्रको शिक्षाको उन्नयनमा ठूलो योगदान पुर्याएको स्मृतिसभामा सहभागी वक्ताले स्मरण गरे। मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा विद्यार्थीकालदेखि नै संलग्न गुरुङले पटकपटक गरी दशौँ पटकसम्म हिरासत र जेल जीवन बिताउन परेको थियो।अघिल्लो वर्ष पुस ७ गते कोभिड–१९ को सङ्क्रमणबाट उहाँको निधन भएको थियो।

प्रकाशित: १७ पुस २०७८ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App