१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ। आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ। सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए।

सम्मेलनको तयारीस्वरुप आज अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए।

प्रकाशित: १० पुस २०७८ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App