१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर रहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा ओलीले एमसीसी पास हुने वा नहुने विषय सरकारमा नै निर्भर रहेको बताएका हुन्।

ओलीले सरकारले एमसीसीको विषयमा धारणा र नीति ल्याएपछि मात्रै प्रतिपक्षदलले आफ्नो धारणा सार्वजनिक गर्ने स्पष्ट पारे। उनले भने, ‘गठबन्धनको केही धारणा होलानी पहिले सरकारको नीति आओस् अनि मात्रै हाम्रो धारणा सार्वजनिक गर्छौं।’ ओलीले माओवादीले राजासँग गरेको सम्झौताको विषय पुष्टि हुँदै गएको ओलीको दाबी छ। उनले माओवादीसँग सम्झौता भएपछि पूर्व राजा ज्ञानेन्द्रको देशव्यापी अभिनन्दनका कार्यक्रम भएको ओलीले स्पष्ट पारे।

उनले भने, ‘तत्कालीन राजा ज्ञानेन्द्रलाई रोल्पा रुकुममासमेत अभिनन्दनको वातावरण माओवादीसँगकै सम्झौतापछि भएको थियो।’ ओलीले राजासँगको  सम्झौताका विषयमा मस्यौदा तयार पार्नेहरूले भनिररहेकाले आफूले पुष्टि गर्न कागजात खोज्नु नपर्ने ओलीले बताए। उनले संसद अधिवेशनसम्म संसद अवरोध कायम हुने स्पष्ट पारे।

‘संसद अवरोध चुनावसम्म हुन्छ त्यसपछि चुनावमा सबैलाई धोवि मार्ट लगाउँछौं’, ओलीले भने। ओलीले आफूहरूले निकालेका मानिस राखेर सर्वदलीय बैठक नहुने र त्यस्तो बैठकमा सहभागी नहुने स्पष्ट पारे।

प्रकाशित: १० पुस २०७८ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App