१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अध्यक्ष ओलीलाई १ सय ५१ किलोको माला

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा आज आयोजित एक कार्यक्रममा १ सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ। नेकपा एमालेको जिल्ला समिति पर्साले जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताले उनलाई १५१ किलोको माला लगाइएर स्वागत गरेका थिए।

जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आएका हुन्। सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायतका सयौँ नेताकार्यकर्तालाई नेकपा (एमाले)मा प्रवेश गराई स्वागत गरेका थिए। मिया नेकपा (माओवादी केन्द्र)बाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: ८ पुस २०७८ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App