५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद छिटोभन्दा छिटो सूचारु गराउन सभामुख सापकोटाको ध्यानाकर्षणः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद छिटोभन्दा छिटो सूचारु गराउन पहल गर्न सरकार र सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष लिङदेनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भिर नभएको भन्दै आपत्ति समेत जनाए। बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान गर्ने थलो संसद चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने पनि बताए।  

अध्यक्ष लिङदेनले भने, ‘लामो समयदेखि संसद जुन अवरुद्ध भइराखेको छ। यसले संसदको उपहास भइराखेको छ। संसद जहाँ, जनताको समस्याहरुको आवाज उठाउने थलो हो। यसमा जुन प्रकारको नियमित रुपमा संसद अवरुद्ध हुने अनि प्रमुख प्रतिपक्ष र सरकार दुवै यस विषयमा चाँही गम्भिर नबन्ने जुन काम भएको छ। त्यो दुःखदायी छ। यसको म निन्दा गर्न चाहन्छु। र चाँडोभन्दा चाँडो सरकार, संसदको सभामुख सबैको पहलबाट संसदको अवरोध खुलाउनु पर्छ।’

अध्यक्ष लिङदेनले नियमित रुपमा संसद अवरुद्ध हुने काम दुःखद् भएको भन्दै चिन्ता व्यक्त गरे।

प्रकाशित: ७ पुस २०७८ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App