५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीको प्रदेश नेतृत्वका लागि निवार्चन हुँदै

नेकपा माओवादी केन्द्रको प्रदेश १ को नेतृत्वका लागि बुधबार साँझदेखि मतदान हुने भएको छ। प्रदेश कमिटी नेतृत्वका लागि भएको सर्वसम्मत प्रयास असफल भएपछि निर्वाचनको प्रक्रियाअघि बढेको हो।

अध्यक्षसहित ९ जना पदाधिकारीका लागि बुधबार साँझ ७ बजेदेखि निर्वाचनको तालिका सार्वजनिक गरेको निर्वाचन समितिका प्रमुख राजेन्द्र किरातीले बताए। निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र निर्वाचनमा २ सय ५९ जना कार्यसमिति सदस्यले अध्यक्षसहित ९ जना पदाधिकारीका लागि मतदान गर्ने निर्वाचन प्रमुख किरातीले जानकारी दिए।

प्रदेश अध्यक्षमा हर्कबहादुर नेम्वाङ र मुक्साहाङ मेन्याङ्बोको दाबेदारी  रहेको छ।

प्रकाशित: ७ पुस २०७८ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App