१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समितिमा तीन क्लस्टरको मतपरिणाम आज आउने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज खस आर्य, आदिवासी जनजाति र दलित क्लस्टरको मतगणना भइरहेको छ। खस आर्यबाट १३, आदिवासी जनजातिबाट १५ र दलितबाट नौ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसको विधानमा छ। आज ३७ केन्द्रीय सदस्यको मतपरिणाम आउनेछ। अरु परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ।

तीन क्लस्टरबाहेकको निर्वाचन परिणाम प्राप्त भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। पार्टी विधानमा १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ। एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ। यसैगरी ३३ केन्द्रीय सदस्य मनोनयनको अधिकार पनि सभापतिलाई दिइएको छ।

आगामी चारवर्षे कार्यकालका लागि गत मङ्सिर २७ गते मतदान भएको थियो। विद्युतीय मतदान प्रक्रियामा जान सहमति नजुटेका कारण निर्वाचनको अन्तिम परिणाम आउन एक हप्ताभन्दा बढी समय लागेको छ। आज बेलुकीसम्म भने सबै परिणाम प्राप्त भइसक्ने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: ७ पुस २०७८ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App