४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठकमा पत्रकारलाई रोक, टेलिभिजन हेरेर रिपोर्टिङ गर्न निर्देशन

मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा पत्रकारलाई रिपोर्टिङमा रोक लगाइएको छ। संसद् भवनभित्रको पत्रकार कक्षमा सञ्चारकर्मीलाई प्रवेश गर्न संसद् सचिवालयले रोक लगाएको हो।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको थियो। नियमित रुपमा पत्रकारहरूले प्रत्यक्ष रिपोर्टिङ गर्न जाने क्रममा मर्यादापालक (प्रहरी सुरक्षाकर्मी)ले रोक लगाएका हुन्। पत्रकारलाई संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनेका थिए।

बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ।

प्रकाशित: ६ पुस २०७८ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App