२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सभापतिमा उम्मेदवार दिएका देउवा र सिंह मतदान केन्द्रमा पुगे

तस्बिर: विजय राई/नागरिक

नेपाली कांग्रेसको अध्यक्षमा उम्मेदवार दिएका सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंह दुवै मतदान गर्न राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा पुगेका छन्। 

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान सुरु भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ।

प्रकाशित: २७ मंसिर २०७८ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App