१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

घोषणा हुँदै पूर्व डिआइजी खरेल नेतृत्वको नयाँ पार्टी

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा नयाँ पार्टी घोषणा हुने भएको छ। विगत दुई वर्षदेखि सुशासन अभियान चलाइरहेका पूर्व डिआइजी खरेलले शुक्रबार नेपाल सुशासन पार्टी नामक पार्टी घोषणा गर्ने भएका हुन्।

अभियानका केन्द्रीय सदस्य गोविन्द गिरीले आफूहरुले विगत दुई वर्षदेखि विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै सोही अभियानलाई दलमा रुपान्तरण गर्दै पार्टी घोषणा गर्न लागिएको बताए।  

उनले अभियानले खासै परिवर्तन गर्न नसकेको उल्लेख गर्दै देशमा सुशासन, शान्ति, समृृद्धि कायम गर्नका लागि पार्टीको आवश्यकता महशुस भएको बताउँदै सोही आवश्यकता पूरा गर्न पार्टी घोषणा हुने बताए।

प्रकाशित: २३ मंसिर २०७८ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App