६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ मा नेपाली कांग्रेसको मतगणना सुरू

नेपाली कांग्रेस प्रदेश १ समितिको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ। शनिबार भएको निर्वाचनको जिल्ला पार्टी कार्यालय मोरङमा आइतबार दिउँसोदेखि मतगणना सुरू भएको हो।

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षका उद्वव थापा प्रतिस्पर्धामा छन्। यस्तै उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझी प्रतिस्पर्धामा छन्।

महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र  पदमसुन्दर पालुङ्गा, सह महामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बु, अन्जना ताम्ली, रोहित साह, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापा छिन्।

आइतबार भएको निर्वाचनमा प्रदेशका १ हजार ८ सय ४ प्रतिनिधिमध्ये १ हजार ७ सय ५२ जनाले मतदान गरेका थिए।

प्रकाशित: १९ मंसिर २०७८ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App