२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसको प्रदेश १ निर्वाचन: ताप्लेजुङबाट ५ जना उम्मेदवार

नेपाली काँग्रेसको जारी प्रदेश १ कार्य समितिको अधिवेशनमार्फत् पदाधिकारी तथा सदस्यका लागि ताप्लेजुङबाट ५ जना प्रतिस्पर्धामा देखिएका छन्। महामन्त्री पदमा तरुण दलका पूर्व महानमन्त्री समेत रहेका पदमसुन्दर पालुङ्वा उद्धव थापाको टिमबाट प्रतिस्पर्धामा छन्।

थापा संस्थापन–सिटौला समूहबाट प्रतिस्पर्धामा रहेका छन्। यस्तै ताप्लेजुङबाट प्रदेश कार्य समिति सदस्यमा जाने १ महिला र १ पुरुषमा ४ जना प्रतिस्पर्धी रहेका छन्।

जिल्ला अधिवेशनमा दुई समूहमा विभाजित काँग्रेस ताप्लेजुङका प्रतिनिधिहरु प्रदेश कार्य समितिमा जाने २ पदका लागि पनि विभाजित भएका छन्। संस्थापन–सिटौला समूहबाट पुरुषतर्फ प्रदेश सांसद प्रतापप्रकाश हाङ्गाम र गीता सेन्दाङ र संस्थापन इतरका उम्मेदवार गुरुराज घिमिरे समूहबाट पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल र मीना गुरुङ प्रतिस्पर्धामा रहेका छन्। 

प्रकाशित: १८ मंसिर २०७८ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App