१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जिल्ला नेतृत्व चुन्दै अनेरास्ववियु

नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) को २३ औं जिल्ला सम्मेलन सदरमुकाममा सुरु भएको छ।

अनेरास्ववियु महासचिव समीक बडालले बिहीबार सम्मेलन उद्घाटन गरे। सम्मेलन उद्घाटन गर्दै बडालले अनेरास्ववियुले विद्यार्थीका मात्र नभई हरेक राष्ट्रिय समस्यामा महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको जनाए। ‘अनेरास्ववियुले शैक्षिक क्षेत्रको सुधारका लागि लामो समयदेखि दबाबमूलक काम गरिरहेको छ,’ उनले भने, ‘शिक्षाका नाममा नीतिगत तहमै भइरहेको विभेद अन्त्य गर्न विद्यार्थी आन्दोलन आवश्यक छ।’  

उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य रामबहादुर रानामगर, प्रदेश कमिटी सदस्य गणेशप्रसाद बराल, जिल्ला कमिटी सदस्य महेश बस्नेत, अनेरास्ववियु स्थायी कमिटी सदस्य रवीन्द्र सुवेदीलगायतले शुभकामना व्यक्त गरे।

सम्मेलनले ३९ सदस्यीय जिल्ला कमिटी गठन गर्ने विद्यार्थी नेता ईश्वरी तामाङले जानकारी दिए। तामाङका अनुसार सम्मेलनमा सहभागी हुन जिल्लाका सबैजसो सामुदायिक विद्यालय, स्थानीय तहअन्तर्गतका कमिटीबाट साढे ३ सय हाराहार प्रतिनिधि भेला भएका छन्।

उद्घाटनपछि बन्दसत्र सुरु हुने र भोलिसम्ममा नयाँ नेतृत्व चयन हुने अनेरास्वयवियु जिल्ला संयोजक मिलन खत्रीले बताए।

प्रकाशित: १६ मंसिर २०७८ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App