coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेस मोरङको सभापतिमा पुन: मतदान हुने

नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः मतदान हुने भएको छ। आइतबार सम्पन्न निर्वाचनमा तीन जनाउमेदवार मध्ये कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनःमतदान हुने भएको हो।  

सभापतिका उम्मेदवारहरू डिगबहादुर लिम्बू, दीलिप गच्छदार र यदुकुमार विष्टमध्ये कसैले पनि मतदानको ५१ प्रतिशत मत हासिल गर्न नसकेकाकारण पुनः मतदान गर्नुपरेको मोरङका सहायक निर्वाचन अधिकृत गणेश भुजेलले जानकारी दिए। अधिकृत भुजेलका अनुसार मतदान केन्द्र परिवर्तन गर्नुपर्ने भएकाले सोमबार निर्वाचन हुने संभावना न्यून छ। 

उनले भने, ‘मतदान केन्द्र परिवर्तन गर्नुपर्ने भएकाले निर्वाचन कहिले हुने भन्ने टुंगो भइसकेको छैन। आइतबार निर्वाचन सम्पन्न भएलगत्तै जिल्ला पार्टी कार्यालय मोरङमा मत गणना गरिएको थियो। कुल ३ हजार ४ सय १४ मत खसेकोमा सभापतिका लागि ३ हजार ३ सय ६० मत परेको थियो।  सभापतिमा लिम्बूले १ हजार ५ सय ४४, गच्छदारले १ हजार १ सय ६६ र विष्टले ५ सय ६३ मत पाएका थिए। जिल्लामा कुल मतदाता संख्या ३ हजार ५ सय १७ भएपनि आइतबार सम्पन्न निर्वाचनमा १ सय मत कम खसेको  थियो। १ सय ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७८ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App