coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री खनाल र भाकपा प्रतिनिधिमण्डलवीच भेट

नेकपा (एकीकृत समाजवादी) पार्टीका विदेश विभाग प्रमुख एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र भारतीय कम्युनिष्ट पार्टी (भाकपा) माक्र्सवादीका पोलिटब्युरो सदस्य जोगेन्द्र शर्माबीच भेटघाट भएको छ।

आज एभरेष्ट होटल नयाँ बानेश्वरमा भएको शिष्टाचार भेटवार्ता करिब २ घण्टा चलेको थियो। सो क्रममा समसामयिक राजनीति, दुई देशबीचको आपसी सम्बन्ध, दुई पार्टीबीच आगामी दिनमा हुने मैत्रीपूर्ण सहयोगबारे छलफल भएको थियो।

भेटमा नेकपा (एकिकृत समाजवादी) पार्टीका विदेश विभागका सदस्यहरुको समेत उपस्थिति रहेको बिदेश बिभाग सचिब डा.शंकर खतिवडाले जानकारी दिए।

प्रकाशित: ८ मंसिर २०७८ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App