५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्डसँग होसियार रहन ओलीको आग्रह

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग होशियार रहन नेपाली काँग्रेसलाई आग्रह गरेका छन्।

अध्यक्ष ओलीले 'प्रचण्ड' काँग्रेसलाई बिगार्नपछि लागेको भन्दै होसिएर रहन आग्रह गरेका हुन्। बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले काँग्रेसलाई बिगार्न समातेको दाबी समेत गरे।

‘काँग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ? बहुमतको कम्युनिष्ट पार्टी फुटाएर चोईटो लिएर कुँदने त्यस्ताहरुको पछि लागेर देश बन्छ? प्रचण्डले सधैं समस्या खडा गर्ने। हामीलाई बिगार्न खोजेका थिए। नबिग्रिने देखेपछि टाप’, उनले भने, अब काँग्रेसलाई समातेछ। म काँग्रेसलाई चेतावनी दिन चाहन्छु–काँग्रेस होसियार। प्रचण्डले भ्याई दिन्छन्। हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’

अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे। अध्यक्ष ओलीले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर मुलुकलाई डरलाग्दो अवस्था पुर्याउने प्रयास भईरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न पनि साईबर सर्कललाई आग्रह गरे।

प्रकाशित: ८ मंसिर २०७८ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App