२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले स्थायी कमिटी बैठक केही समयका लागि स्थगित

नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठक केही समयका लागि स्थगित भएको छ। मध्यान्ह १२ बजेदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली सम्पादकसँगको छलफल कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले केही समयका लागि स्थगित गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

उनका अनुसार बैठक साढे ३ बजे पुनः ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ। बैठक दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम तथा पाँच प्रतिशत प्रतिनिधि मनोनयनका विषयमा राखिएको छ।

महाधिवेशनमा यसअघि एक हजार १९९ जना प्रतिनिधि चयन भइसकेका छन्। एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

प्रकाशित: ७ मंसिर २०७८ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App