coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीका कारण अहिले पनि देशमा गम्भीर प्रतिगमनको खतराः महामन्त्री सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले अध्यक्ष केपी ओली शर्माका गतिविधिले गम्भीर खालको प्रतिगमनको खतरा देखिएको बताएका छन्। प्रगतिशील पत्रकार सङ्घ दाङले गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले ओलीका कारण अहिले देशमा गम्भीर प्रतिगमनको खतरा बढेको बताएका हुन्।  

कम्युनिष्ट पार्टीको अध्यक्षले दुई/दुईपटक संसद् भङ्ग गर्ने, पशुपतिनाथमा सुन चढाउनेदेखि पछिल्लो समय चितवनमा राममन्दिर स्थापना गर्नेलगायतका धार्मिक गतिविधिहरुले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नेदेखि राजतन्त्र स्थापनाको आन्दोलनमा सहयोग पुग्ने गतिविधिमा लागेर प्रतिगमनलाई प्रश्रय दिने काम गरिरहेको आरोप लगाए।

‘मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो। भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो’, महामन्त्री सिंहले भने, ‘ओलीका गतिविधिहरु नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दू राष्ट्र कायम गर्ने र त्यसैको आडमा राजतन्त्र पुनःस्थापना गर्नेतर्फ केन्द्रित रहेको छ।’

प्रकाशित: ५ मंसिर २०७८ १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App