विवेकशील पार्टीको नामबाट गत पौषदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगको २०७८ कार्तिक ३० गते बसेको बैठकले नेपाल विवेकशील पार्टीको नाममा दर्ता गर्ने निर्णय गरेको छ।
पार्टीका अध्यक्ष कर्मा लामा तामाङको नेतृत्वमा २१ सदस्यीय तदर्थ संघीय समिति गठन भएको छ भने पार्टीको चुनाव चिह्न कुकुरको मुखाकृति रहेको छ। पार्टीको दर्ता नम्बर १७४ रहेको छ।
प्रकाशित: ५ मंसिर २०७८ १०:२६ आइतबार