coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा(एस) प्रति ओलीको कटाक्ष, लगाए काँग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु काँग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाएका छन्।

अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी समेत गरे। नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेसको औंला समातेर हिँडन पल्केकाहरुलाई काँग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताए।

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दाबी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गरे। उनले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको दोहोर्याए।

‘अव अरु फाँचफुच्चेहरु चाँहीसँगै जान्छौं भन्छन्। अनि काँग्रेसको औंला नसमाति त हिँड्नै सक्दैनन् त,  कसरी जाँदैनन्  गइहाल्छन नि सँगसँगै। आफ्नो सरकार ढालेर काँग्रेसको सरकार बनाई दिनेहरु, काँग्रेसको आंंैला समातेर हिँडन पल्केकाहरु, त्यो हिँडन खोज्छन नै’, उनले भने, ‘तर काँग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन। तर नेकपा एमाले कसैको बैशाखी टेकेर होईन, आफै चुनाव लडन सक्षम छ। आफैं चुनाव लड्छ, आफैं जित्छ।

अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको स्मरण गराए।

प्रकाशित: ४ मंसिर २०७८ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App