६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दुई कार्यकाल कांग्रेस जिल्ला सभापति रहेका घलेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाली कांग्रेसका नेता हरिबहादुर घलेले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। आसन्न १४ औँ महाधिवेशनमा समावेशी समूहको अल्पसंख्यक तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले बताए।

‘नेपाली कांग्रेसको संगठनलाई सुदृढ बनाउन, गुट उपगुटको अन्त्य गर्न मेरो उम्मेदवारी हो’ उनले भने। यसअघि दुई कार्यकाल गोरखा जिल्ला सभापति भएका घलेले २०३७ मा नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिक सुरु गरेका थिए।

२०४७ सालमा कांग्रेस जिल्ला सदस्य, २०४९ मा जिविस सदस्य, २०५२ मा कांग्रेस जिल्ला कोषाध्यक्ष, २०५४ मा जिविस उपसभापति, २०६२ मा कांग्रेस जिल्ला सह सचिव हुँदै त्यसयता दुई कार्यकाल उनी जिल्ला सभापति भए। १४ औँ जिल्ला अधिवेशनमा उनी महासमिति सदस्य भएका छन्।

‘यस अघिको स्थानीय निर्वाचमा गोरखाको ११ तह मध्ये ९ वटामा कांग्रेसको नेतृत्व स्थापित गर्न सफल भएँ,’ घलेले भने, ‘मैले सभापति भएर कांग्रेसको संगठन सुदृढिकरणमा धेरै काम गरेको छु भन्ने लाग्छ, अब जिल्लामा जस्तै देशभर कांग्रेसका लागि काम गर्ने योजनामा छु।’

कांग्रेस पारिवारिक पृष्ठभूमिबाट आएका घलेको केन्द्रीय स्तरका सबै नेतासँग उस्तै सम्बन्ध रहेको बताउँछन्। ‘मलाई गुट उपगुटमा विश्वास छैन, कांग्रेसका लागि काम गर्ने हो,’ उनले भने।

जिल्लामा अन्य राजनीतिक दलका नेताहरुसँगको सुमधुर संम्बन्धका कारण उनी सबैले रुचाईएका नेताका रुपमा चिनिन्छन्। समावेशीको अल्पसंख्यको केन्द्रीय सदस्य भएर नेपाली कांग्रेसको संगठनलाई संस्थागत रुपमा विकास गर्ने योजना छ,’ उम्मेदवारी घोषणापछि घलेले भने।

समावेशी अल्संख्यकमा ८७ जातजातिले उम्मेदवारी दिन पाउँछन्। त्यो मध्येको घलेपनि एक हो।

प्रकाशित: ३ मंसिर २०७८ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App