२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नगरकोट सडकमाथि भ्रमको राजनीति नगर्न मन्त्री भडेललाई चेतावनी

नेकपा (एमाले) चाँगुनारायण नगर कमिटीले भक्तपुरको नगरकोट सडकमाथि भ्रमको राजनीति नगर्न बागमती प्रदेशका भौतिकमन्त्री एवं उक्त क्षेत्रबाट निर्वाचित कांग्रेस प्रदेश साँंसद कृष्णलाल भडेललाई चेतावनी दिएको छ।

नेकपा एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी स्वयम् उपनिर्वाचनको घरदैलो कार्यक्रममा जितेको चार महिनामा नगरकोटको बाटो बनाउँछु भनेर बाचा गर्दै हिँड्ने तर वर्षाैसम्म नबनाउनेले अहिले आएर चाँंडै बनाइदिन्छु भनी राजनीति गरेको आरोप लगाए।

मन्त्री भडेलले नगरकोटको सडक केही महिनाभित्रै बनाइसक्ने भन्दै उक्त क्षेत्रमा पुगेर सार्वजनिक भाषण गरेका थिए। साथै उनले नगरकोट सडक बन्न नसक्नुमा एमाले नेताहरु दोषी भएको भन्दै स्थानीय एमाले नेताहरुमाथि गालीगलौज गरेका थिए।

सांसद भएको वर्षाैसम्म केही नगर्ने तर मन्त्री भएको केही दिनमै नगरकोट पुगेर केही महिनाभित्रै नगरकोट सडक पूरा गरिदिन्छु भनी भ्रमको खेती गर्न गएको एमालेको आरोप छ।

विज्ञप्तिमा भनिएको छ, चुनाव जितेको यतिका वर्ष तपाईं के हेरेर बस्नुभयो? के पहल गर्न मन्त्री नै हुनु पर्ने हो र? अनि अहिले के के न गरे भनेर राजनीतिका लागि भ्रमको राजनितिमा उत्रदै हुनुहुन्छ? यसले न तपाईलाई फाइदा गर्छ न त तपाईं क्रियाशील पार्टीलाई नै।

भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म पुग्ने सडक २०७० सालमा सुरु भई २०७२ सालभित्र सक्ने गरी ठेक्का लागेको थियो। तर अहिलेसम्म पनि सडक अलपत्र छ ।

विज्ञप्तिमा सडकको काम समयमै काम सम्पन्न गर्न नगरकोटमा क्रियाशील सम्पूर्ण दलका नेता तथा सर्वसाधारणको भेलाले एमालेका युवा नेता राजकुमार लामिछाने (प्रिन्स) को नेतृत्वमा दबाब समिति बनाएर निरन्तर दवाबका काम गरिरहेका स्मरण गराएको छ। सडकको बेहाल अवस्थाले पीडित भएर दबाबमा उत्रिएका सर्वसाधारणलाई लक्षित गरी प्रमाणित हुनै नसक्ने संगिन आरोप मन्त्रीले लगाएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रीको उक्त भाषणमा झुठो आरोप, गालीगलौज र सामाजिक चरित्र र मर्यादामासमेत आँच आउने ढंगले स्तरहिन र अनैतिक आरोप लगाउने काम भएको एमालेको भनाइ छ।

प्रकाशित: १ मंसिर २०७८ १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App