७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सर्वोच्चमा देखिएको समस्या एक-दुई दिन भित्रै समाधान हुन्छ: प्रचण्ड

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिन भित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन्।  

बुधबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष दाहालले अदालतभित्र देखिएको समस्या त्यहीँ भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित बक्तव्य जारी गरेको उल्लेख गर्दै अव त्यो विषयमा बढि बोली राख्नु आवश्यक नभएको प्रतिक्रिया समेत दिए। 

सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिको मंगलबार (हिजो) बसेको बैठकले अदालतमा देखिएको समस्या अदालत भित्रैबाट छिटो समाधानहोस् भन्ने चाहेको बताएका थिए। अध्यक्ष दाहालले अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनको सोही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने अपेक्षा गरिएको बताए।  

अध्यक्ष दाहालले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको बताए। 

प्रकाशित: १ मंसिर २०७८ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App