७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

'महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन'

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्।

नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गरे।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै जनतामा समृद्धि आउने गरी अघि बढन सरकार र राजनीतिक दलका नेताहरुलाई आग्रह समेत गरे। उनले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए।

प्रकाशित: २४ कार्तिक २०७८ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App