५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवा र प्रचण्डलाई ओलीको चेतावनीः एमसीसीबारे झुट नबोल्नुस्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्।

एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाई र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति मध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न सचेत गराएका हुन्। सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘शेरबहादुरजी नि हस्ताक्षर गरेर दिएको भन्नु हुन्छ। प्रचण्ड दिएको छैन भन्नुहुन्छ। दुईटा मध्ये एउटाले झुट बोल्या जस्तो देखिएन? त्यस्तो झुट बोल्नु हुँदैन।’

अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अडान दोहोर्‍ए। उनले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधिशहरुले संविधानको पालना नगरेको आरोप समेत लगाए।

अध्यक्ष ओलीले संविधान परिवर्तन गर्ने र हेरफेर गर्ने काम अदालतको नभएको स्मरण गराए।

प्रकाशित: २२ कार्तिक २०७८ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App