२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कृष्णबहादुर महराको आरोपः एमसिसी पास गर्न नपाएको झोकमा ओलीले नेकपा विभाजन गरे

कोहलपुरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा। तस्बिरः नागरिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कृष्णबहादुर महराले एमसिसी पास गर्न नपाएको झोकमा केपी शर्मा ओलीले नेकपालाई विभाजन गराएको आरोप लगाएका छन्।

महराले पार्टी अध्यक्ष प्रचण्डको अडानकै कारण एमसिसी पास हुन नसकेको पनि बताए। कोहलपुरमा योङ्ग कम्युनिष्ट लिग(वाईसिएल) बाँकेले आइतबार गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महराले नेकपा विभाजन गरेर भएपनि ओलीले एमसिसी पास गराउन चाहेको जिकिर गरे।

‘माओवादी पार्टी जहिले पनि राष्ट्रिय हितमा उभिन्छ, हाम्रो पार्टीले कहिल्यै राष्ट्रघात गर्दैन,’ उनले भने। नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् पूर्व सभामुख समेत रहेका महराले एमसिसी पास गर्न नदिएका कारण अगामी निर्वाचनमा माओवादीलाई हराउन चलखेल हुन सक्ने आशंका समेत गरे।

माओवादीलाई हराउन देशी/विदेशी शक्तिको चलखेल हुन सक्ने उनले औंल्याए। महराले सहिदका सपना र रगतका कारण आफ्नो पार्टीले राष्ट्रघात नगर्ने ठोकुवा पनि गरे।

प्रकाशित: १४ कार्तिक २०७८ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App