६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

व्यवस्था जोगाउन कम्युनिष्टले नेपाली काँग्रेस गुहारे : रुँगटा

नेपाली काँग्रेसका नेता अनिल रुँगटाले झण्डै २ तिहाईको सरकार लगातार असफल भएपछि र सरकारका कारणले व्यवस्था नै संकटमा परेपछि कम्युनिष्टकै नेताहरुले सरकारको नेतृत्व गरिदिन काँग्रेसलाई आग्रह गरेको बताएका छन्।

समस्याबाट देशलाई निकास दिलाउने क्षमता काँग्रेसमा भएको तर्क गर्दै उनले यस्तो बताएका हुन्। वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ कोन्हियामा एक समारोहबीच स्थानीय अगुवाहरुसहित ९२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।  

रुँगटा प्रधानमन्त्री देउवासँग नजिक रहेका प्रदेश २ का नेता हुन्। नेता रुँगटाले काँग्रेसले मात्र जनताको हित र लोकतन्त्रको रक्षा गर्न सक्ने दावी गर्दै नेपाली काँग्रेस पार्टी रोजेर प्रवेश गर्नेहरुले सही निर्णय गरेको भन्दै बधाई दिए। संकटपूर्ण घडीमा रहेक पटक देशलाई जोगाएर जनताको अधिकार र हितको रक्षा तथा सही नीति निर्माणको काम नेपाली काँग्रेसले गर्दै आएको उनको दावी थियो।

दुईतिहाईको बहुमत पुर्याउने कम्युनिष्टसहितका दलका नेताहरुले सत्ताको नेतृत्वकर्ता असक्षम भएपछि आग्रह गरेर निकास दिलाउनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको उनले तर्क गरे।

कुबाटोमा गइसेकको राजनीतिलाई सही दिशामा फर्काउन नेपाली काँग्रेसले देशलाई आवश्यक परेको बेला सरकारको नेतृत्व सम्हालेको नेताहरुको भनाइ थियो।

काँग्रेसका नेता रामनारायण कुर्मीले नेपाली काँग्रेसको नेतृत्वमा मात्र देशले राजनीतिक रुपमा फड्को मार्ने र विकास तथा सुशासन काँग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताए।

प्रकाशित: १३ कार्तिक २०७८ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App