coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सूर्यमा ग्रहण लागि सकेकाले त्यसको भविष्य छैन, अब कलममा भविष्य छः नेपाल

नेपालमा सक्कली र नक्कली दुई प्रकारको कम्युनिष्ट पार्टी रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। शनिबार विराटनगरमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले नक्कली पार्टी भएकाले सबै जना सजग हुनुपर्नेमा जोड दिए।  

अध्यक्ष नेपालले कम्युनिष्ट नक्कली र सक्कली हुने हुँदा सबैलाई सावधान हुन समेत आग्रह गरे। ‘समाजवादी पार्टी देशभक्त पार्टी हो,’ अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी अन्य पार्टी जस्तो विदेशीसँग घुँडा टेक्दैन। केही पार्टी विदेशीसँग घुँडा टेक्छन्। तर, समाजवादी ओली नेतृत्वको एमालेले जस्तो मध्यरातमा विदेशी कुटनीतिज्ञसँग छलफल गर्ने पार्टी होइन।’

उनले अघि भने, ‘एमाले नक्कली कम्युनिष्ट पार्टी भइसकेको छ। अहिले सूर्यमा ग्रहण लागि सकेकाले त्यसको भविष्य छैन। अब भविष्य कलममा छ। त्यसैले हामीमात्र सक्कली कम्युनिष्ट पार्टी हौं।’ अध्यक्ष नेपालले भने, ‘बलयगाडा चढेर अमेरिका जाने र राजतन्त्र फाल्न नसकिने भनाइ राखेका ओलीको तानाशाहका कारण अब एमाले सिद्धियो, सिद्धियो, सिद्धियो।’  

अध्यक्ष नेपालले भने, ‘अबका केही दिनमा ओली र उनको पार्टीलाई टर्च बालेर खोज्नु पर्नेछ। अब हुने निर्वाचनमा ओली र उनको पार्टीलाई जनताले पत्याउने छैनन्।’

प्रकाशित: १३ कार्तिक २०७८ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App