१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

आलोपालो मुख्यमन्त्रीबारे छलफल हुन बाँकी छ: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसको प्रदेश १ मा आलोपालो मुख्यमन्त्री हुनेबारे गठबन्धनमा छलफल हुन बाँकी रहेको बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री कार्कीले आलोपालो हुने वा एउटा पार्टीको मात्रै हुने भन्ने विषयमा गठबन्धनमा छलफल हुन बाँकी रहेको बताएका हुन्।

कार्कीले प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिमको सरकार गठन हुने स्पष्ट पारे। ‘प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिम सरकार गठन हुन्छ। तर, आधा आधा कार्यकालका विषयमा भने छलफल हुन बाँकी छ।’  प्रदेश १ मा  आधा कार्यकाल मुख्यमन्त्री पाउनुपर्ने माग राखेर विश्वासको मत दिन कांग्रेसले आनाकानी गरिरहेको छ।

गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसके पनि काँग्रेसले आधा कार्यकाल  मुख्यमन्त्री मागेर संसद बैठक सार्दै आएको छ।  प्रदेश १ को आगामी बैठक कात्तिक १५ गतेलाई तोकिएको छ। सोही दिन मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजनको कार्यतालिका भए पनि अझैसम्म कार्यकालबारेको विवादलाई  गठबन्धनले टुंगो नलगाउँदा १५ गते पनि नयाँ सरकार गठन हुने वा नहुने भन्ने अन्योल देखिएको छ।  

प्रकाशित: १३ कार्तिक २०७८ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App