७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री देउवा इलाम आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि कात्तिक ७ गते इलाम आउने भएका छन्। बाढी–पहिरोको क्षति अवलोकन गर्न र सम्भव भएसम्म पीडितलाई समेत भेट्ने गरी देउवा इलाम आउन लागेको सिडिओ ध्रुवबहादुर खड्काले पुष्टि गरे।

मौसमले साथ दिए प्रधानमन्त्रीले सूर्याेदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। ‘प्रधानमन्त्री देउवाले हेलिकप्टरबाटै बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुहुनेछ,’ सिडिओ खड्काले भने, ‘मौसमले साथ दिए हेलिकप्टर ल्यान्ड गरेर पीडितसँगसमेत छलफल गर्नुहुनेछ।’  

प्रधानमन्त्रीले बाढी–पहिरोको क्षतिबारे इलाम र पाँचथरका सिडिओहरूको ब्रिफिङ सुन्ने कार्यक्रम पनि छ। ‘प्रधानमन्त्री इलाम आउने तालिका बनिसकेको छ तर मौसम कस्तो हुन्छ, उहाँको भ्रमण त्यसमा भर पर्छ,’ सिडिओ खड्काले भने, ‘इलाममात्र नभई छिमेकी जिल्लाहरूमा समेत उहाँले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने सुनेको छु।’

प्रकाशित: ६ कार्तिक २०७८ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App