१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपाका कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवलाई कालानाग भन्दै पुतला जलाए

वीरगन्जमा उपेन्द्र यादवको पुत्ला जलाइँदै । तस्बिरः नागरिक

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टीका कार्यकर्ताहरुको एउटा समूहले पार्टी अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा वीरगन्जमा २ दिनदेखि सडक तताईरहेका छन्। मुड्ली मेनरोडमा रहेको पार्टीको जिल्ला समन्वय कार्यालय अगाडि शुक्रबार साँझ प्रदर्शन गरेका उनीहरुले शनिबार वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन गरेका छन्।

‘उपेन्द्र यादवलाई पर्सामा प्रवेश निषेध’, ‘पर्सावासीलाई ठग्न पाइँदैन’ लगायत उल्लेख भएको प्लेकार्ड बोकेका प्रदर्शनकर्ताहरुले शनिबार वीरगन्जको घन्टाघरमा विरोध प्रदर्शन गरेका थिए।

पर्सा सांसद यादवको नाममा मन्त्री सिफारिस नगरेकाले आक्रोशित जनाउने क्रममा कार्यकर्ताले यसअघि शुक्रबार साँझ चर्को नाराबाजीविच उपेन्द्र यादवलाई कालानाग भन्दै प्रदर्शनकारीले उनको पुतला दहन गरेर विरोध प्रकट गरे। उनीहरुले पार्टीको कार्यालयमा लगाइएको साइनबोर्ड र झण्डा समेत जलाएका थिए। 

‘आन्दोलन गर्ने वीरगन्जले र प्रदेशको राजधानी जनकपुरमा बनाइने, मधेस आन्दोलनलाई उचाईमा पुर्याएका नेता प्रदीप यादवलाई मन्त्री बनाउने भनेर पनि नबनाउनेजस्ता काम गरेर उपेन्द्र यादवले धोका गरेको’ उनीहरुले प्रतिक्रिया दिएका छन्।  

जिल्ला अध्यक्षद्वारा दुःख व्यक्त 

जारी घट्नाक्रम प्रति आफूहरु निकै दुःखी भएको जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवले प्रतिक्रिया दिए। ‘आन्दोलनदेखि विगतको चुनावसम्मको योगदानको हिसाबले सांसद प्रदीप यादवलाई मन्त्री बनाउनु पर्छ भन्ने हामीहरुले माग गरेका थियौं, तर दुर्भाग्यवस केन्द्रको निर्णय त्यसो हुन सकेन,’ जिल्ला अध्यक्ष रामनरेशले भने, ‘तर अब भने पार्टीले जेजस्तो निर्णय गर्यो त्यसलाई नकार्न वा त्यसमा विरोध जनाउन पार्टी पद्धतिभित्र पर्दैन।’ 

केन्द्रीय अध्यक्षको पुतला, पार्टी कार्यालयको साइनबोर्ड र पार्टी झण्डा जलाउने काम पार्टीको कायकर्ताले गर्न नसम्क्ने उनले बताए। ‘यो घट्नामा संलग्न भएकाहरु कुनै पनि हिसाबले पार्टीको हुन सुक्दैनन्,’ उनले भने, ‘यसको म घोर निन्दा गर्छु, दुःख लाग्ने घट्ना भएको छ।’

प्रकाशित: २३ आश्विन २०७८ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App