४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्ने : सञ्चारमन्त्री कार्की

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्ने बताएका छन्। 

शुक्रबार साँझ मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्ने बताउँदै सूचनाको हकलाई प्रत्याभूत हुने गरी काम गर्ने बताएका हुन्। उनले मन्त्रालयको काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउँदै आफ्नो काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वास समेत व्यक्त गरे।  

नवनियुक्त मन्त्री कार्कीले वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने पनि बताए। स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्ने मान्यतामा वर्तमान सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले समाजको अपेक्षा अनुसार आफू अघि बढ्ने र त्यसमा मन्त्रालयका सचिवसहितका सबै कर्मचारीहरुको पनि उत्तिकै सहयोग पुग्ने अपेक्षा समेत गरे।

प्रकाशित: २२ आश्विन २०७८ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App