coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

४९ जना महाधिवेशन प्रतिनिधिका लागि एक सय १८ जनाबीच स्पर्धा

नेपाली कांग्रेस गोरखाको अधिवेशनअन्र्तगत शनिबार ४९ जना प्रतिनिधिका लागि एक सय १८ जनाबीच प्रतिस्पर्धा भएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा २५ जनाका लागि ५८ जना र २ मा २४ जनाका लागि ६० जनाको उम्मेद्वारी परेको मतदान अधिकृतको कार्यालयले जनाएको छ।  

एक हजार ४३ मतदाता रहेको क्षेत्र नम्बर १ मा एक हजार २७ मत खसेको छ भने सात सय दुई जना मतदाता रहेको क्षेत्र नम्बर २ मा छ सय ९४ मत खसेको छ। क्षेत्र नम्बर २ मा अल्पसंख्यक, मुस्लिम, अपाङ्ग कोटामा अब्दुल सतारको मात्र उम्मेद्वारी परेपछि उनी निर्विरोध चयन भएका छन्। क्षेत्र नम्बर २ मा २५ जना र १ मा २५ जना महाधिवेशनका लागि मतदान भएको हो। मतदानको नतिजा भने आइतबारमात्रै आउने निर्वाचन समितिले जनाएको छ।  

क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरुषमा १० जनाका लागि २२ जना उम्मेद्वार थिए। खुल्ला महिलामा ४ जनाका लागि ९ जना, खस आर्यतर्फ दुई जना पुरुषका लागि ७ जना, एक जना महिलाका लागि चार जनाको उम्मेद्वारीबीच चुनाव भएको हो। आदिबासी जनजातिमा तीनजनाका लागि पाँच जना, महिला तीन जनाका लागि पाँच जना, दलित एक जनाको लागि चारजना र अल्पसंख्यक मुस्लिम अपांगमध्ये एक जनाका लागि दुई जनाको उम्मेद्वारी परेको र मतदान भएको मतदान अधिकृत लक्ष्मणबाबु आचार्यले बताए।

गोरखा क्षेत्र नम्बर २ मा खुल्ला पुरुषमा १० जनाका लागि २७ जना उम्मेद्वार छन्। खुल्ला महिलामा ४ जनाका लागि ११ जना, खस आर्यतर्फ दुई जना पुरुषका लागि ५ जना, महिलामा एक जना चाहिनेमा २ जनाबीच मतदान भएको हो। आदिबासी जनजातिमा तीनजनामा ८ जना, महिला दुई जनाका लागि ३. जना, दलित एक जनाको लागि २ जनाबीच स्पर्धा भएको मतदान अधिकृत श्याम लामिछानेले जानकारी दिए।

खर्चिलो अधिवेशन  

मतदातालाई खुसी पार्न महाधिवेशन प्रतिनिधिका उम्मेद्वारले हाते झोला बाँडे। पानी बितरण गरे। हेल्थ डेक्स, हेल्प डेक्स पनि बनाए। दुबै निर्वाचन क्षेत्रको मतदान स्थल वरपरका घरहरु ब्यानरले छपक्कै थिए।  भिजिटिङ कार्ड, पर्चा पम्पलेट पनि सबैजसोको थियो। उम्मेद्वारहरुले मतदातालाई खाजा, खानाको प्रबन्ध पनि मिलाएका थिए। प्रचारमा युवाहरु खटिएका देखिन्थे। उनीहरुको बसाई, खानपानको व्यवस्था उम्मेद्वार स्वयम्ले मिलाएका थिए।  

प्रचारप्रसारमा जोड  

प्रचार प्रसारमा नेताहरुले यसपटक निकै जोड दिए। मतदान क्षेत्र वरपरको वातावरण मेला महोत्सवको भन्दा कम्ति थिएन। रमाइलो मानेर हेर्न जाने सर्वसाधारण पनि माहौल देखेर दंग थिए। घरको छतमा ब्यानर, गाडीमा ब्यानर, पम्पलेट, पर्चा टाँगिएको थियो। भोट माग्न खटिएकाहरुले उम्मेद्वारको थरिथरिएको पोष्टर बोकेर बसेका थिए।  

कांग्रेस अधिवेशनमा यसपटक युवा धेरै देखिए। झण्डै ४५/५० प्रतिशत प्रतिनिधि युवा थिए। चुनाव प्रचारप्रसारमा ९० प्रतिशत युवा देखिन्थे। महाधिवेशन प्रतिनिधिमा पनि युवा उम्मेद्वारको बर्चश्व यसपटक थियो।  

महाधिवेशन प्रतिनिधि र क्षेत्रिय समितिको पनि केही पदमा चुनाव भएको थियो। मतपत्र फरक फरक थियो। मतदाता कसरी भोटिङ गर्ने भन्नेमा अलमलमा थिए। कतिपय मतदाताले सहयोगी राखेर पनि मत हाले। मतदाता,  निर्वाचन हेर्न पुगेका कांग्रेसका शुभेच्छुक, शुभचिन्तककालाई दुबै क्षेत्रको मतदान स्थल पुग्न हम्मे थियो। त्यहाँ आउनेजाने सवारी साधन व्यवस्थापन गर्न ट्राफिकलाई पनि समस्या थियो। 

प्रकाशित: १६ आश्विन २०७८ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App