३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

गोरखाका ६ स्थानीय तहमा सर्वसम्मत, पाँचवटामा चुनाव

१४ औं महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेसले गोरखाका सबै नगर तथा गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार राती अबेर सकिएको अधिवेशनले नगर तथा गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको छ ।

अधिवेशनले छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो भने पाँचवटा पालिकामा मतदान प्रक्रियाद्वारा नेतृत्व चयन गरेको हो । गोरखा नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन् । एकसय ५१ मत प्राप्त गरी खत्रीले प्रतिद्वन्द्वी डिलबहादुर थापा मगरलाई पराजित गरेका हुन् । खत्री यस अघि पनि सभापति थिए ।  

पालुङटार नगरपालिकाको नगर सभापतिमा बिमल ढकाल निर्वाचित भएका छन् । एकसय २३ मत प्राप्त गरी ढकाल निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी अमर धितालले ५३ मत प्राप्त गरेका थिए । बिजयी ढकाल यस अघि नगर समितिको सचिव थिए ।  चुमनुब्री गाउँपालिका सभापतिमा सूर्य गुरुङ सर्वसम्मत चयन भएका छन् । धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ सर्वसम्मत चयन भए । उनी अहिले उक्त गाउँपालिकाको अध्यक्ष पनि हुन् ।  आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ सर्वसम्मत चयन भएका छन् । उनी जिल्ला समन्वय समितिका सदस्य पनि हुन् ।  

शहीदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई सर्वसम्मत चयन भएका छन् । उनी वडा अध्यक्ष पनि हुन् । अजिरकोट गाउँपालिकाको सभापतिमा जंगबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । उनी पनि वडा अध्यक्ष हुन् ।  गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन् ।  उनी गाउँपालिका अध्यक्ष हुन् । बारपाक सुलीकोट गाउँपालिकाको प्रमुखमा जीतबहादुर घले निर्वाचित भएका छन् । उनले केसरी ढकाललाई पराजित गरेका हुन् ।

सिरानचोक गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा भक्तबहादुर गुरुङ निर्वाचित भएका छन् । ६८ मत प्राप्त गरी गुरुङ विजयी भएका हुन् भने प्रतिद्वन्द्वी ज्ञानेन्द्र गुरुङले ६२ मत प्राप्त गरेका थिए ।  त्यस्तै भीमसेनथापा गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन् । १०९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् । प्रतिद्वन्द्वी विदेश नराल (लक्ष्मण)ले ५२ मत प्राप्त गरेका थिए ।  क्षेत्र, प्रदेश क्षेत्र, महाधिवेशन प्रतिनिधि र जिल्लाको निर्वाचनका लागि नेताहरु मतदाता भेटघाटमा लागेका छन् । चुनावी माहौल सदरमुकाम केन्द्रित हुन थालेको छ । 

प्रकाशित: १० आश्विन २०७८ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App